नियम १६३
अदालतको हाता र इजलासभित्रको प्रवेशलाई नियमित, नियन्त्रित र व्यवस्थित गर्ने
  (१) मुख्य रजिस्ट्रारले अदालतको हाताभित्र सर्वसाधारणको प्रवेशलाई व्यवस्थित गर्न प्रवेश अनुमतिपत्रको व्यवस्था गर्न सक्नेछ ।
(२) किर्ते जालसाजीमा सजाय पाएको, मुद्दामा मेलमिलाप वा मिलापत्र गर्न चाहने पक्षलाई मेलमिलाप वा मिलापत्र गर्न नदिने वा मुद्दा बोकी हिँड्ने व्यक्तिलाई अदालत हाताभित्र प्रवेशमा रोक लगाउने गरी मुख्य रजिस्ट्रारले आदेश दिन सक्नेछ ।
(३) अदालतले उपनियम (२) बमोजिमका व्यक्तिहरुको सूची सार्वजनिक गर्नेछ र त्यस्ता व्यक्तिहरूको नाम अदालतको सूचना बोर्डमा समय समयमा प्रकाशन वा प्रसारण गर्नेछ ।
(४) मुख्य रजिस्ट्रारले खुल्ला इजलासबाट हेरिने मुद्दा सुनुवाइ गर्दा इजलासमा मर्यादित र शान्त वातावरण कायम गर्ने कुरालाई दृष्टिगत गरी सर्वसाधारणको प्रवेशलाई नियमित, नियन्त्रित र व्यवस्थित गर्नु पर्नेछ ।
(५) इजलासभित्र अदालतको मर्यादा पालना गराउने र इजलास व्यवस्थापन गर्ने काम न्यायाधीशको निर्देशनको अधीनमा रही सम्बन्धित इजलास अधिकृतको हुनेछ ।